Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’


१६ चैत ,काठमाडौँ । राजनीतिक दलका नेताहरूले नागरिकता विधेयक जतिसक्दो छिटो ल्याएर पास गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने प्रतिबद्धता जनाएका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘नागरिकता विधेयकमा राजनीतिक दलको दृष्टिकोण’ विषयक कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाँडोभन्दा चाँडो नागरिकतासम्बन्धी विधेयक ल्याएर पास गर्नुपर्ने बताए ।

नागरिकता संवेदनशील र महत्वपूर्ण विषय भएको हुनाले कुनै पनि नागरिक नागकिताविहीन हुनुपर्ने अवस्था राज्यले बनाउन नहुनेमा जोड दिँदै पार्टी यसप्रति प्रतिबद्ध भएको उनको भनाइ थियो ।

नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलले नागरिकताको विषयलाई राजनीतिक विषय नबनाइकन राष्ट्रिय मुद्दा बनाएर नागरिकताको समस्या समाधान गर्नुपर्ने बताए ।एमाले कुनै पनि नागरिकलाई अनागरिक बनाउन हुँदैन भन्ने विषयमा गम्भीर भएको र सबै दलहरू मिलेर राष्ट्रिय सहमतिबाटै नागरिकताको विषयलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका नागरिक यो वा त्यो कुनै पनि कारणले नागरिकताविहीन हुन नुहने विषयमा पार्टी प्रतिबद्ध भएको र छिटो विधेयक ल्याएर पास गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता रञ्जु ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र जनमत पार्टीका प्रमुख सचेतक अनिता शाहले पनि नागरिकता नेपालीको मौलिक अधिकार भएको हुनाले नागरिकलाई नागरिकताविहीन बनाउन नहुने धारणा राखेका थिए ।

म्यागका अध्यक्ष अनिता विन्दुले दलहरू मिलेर राष्ट्रिय सहमतिबाटै विधेयक ल्याएर नागरिकतासम्बन्धी विधेयक छिटो ल्याएर उक्त समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिइन्‌ ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?