Trending
>>   आज मिति २०८१ साल पौष २६ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   के फुर्ती गर्छस तपाइले? >>   दुर्गा प्रसाई भन्छन-‘कसैलाइ बाँकी छाडिन्न !’ >>   ८४ दिन जेल बसेका रवी अब ‘मिसन ८४’ मा ! >>   रविपछि आजै छुटे दुर्गा प्रसाईं पनि ! >>   गगन थापाले दिए समवेदना >>   रवि छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू ! >>   के छ रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा? (आदेशसहित) >>   यी हुन रविलाई थुनामुक्त गर्ने न्यायाधीश नीतिज राई >>   अब पुलिसले पक्रन नसक्नेगरी छुटे रवि लामिछाने !
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि


काठमाडौँ । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएका छन् ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएका छन् । सीपीसीएका अनुसार गत वर्ष कुल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेका थिए ।

सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाखभन्दा बढी पुगेको छ । यो वर्षभरlको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।विश्वको सबैभन्दा ठुलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबिच कडा प्रतिस्पर्धा देखिएका छन् ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएका छन् । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेका थिए ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?