Trending
>>   के फुर्ती गर्छस तपाइले? >>   दुर्गा प्रसाई भन्छन-‘कसैलाइ बाँकी छाडिन्न !’ >>   ८४ दिन जेल बसेका रवी अब ‘मिसन ८४’ मा ! >>   रविपछि आजै छुटे दुर्गा प्रसाईं पनि ! >>   गगन थापाले दिए समवेदना >>   रवि छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू ! >>   के छ रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा? (आदेशसहित) >>   यी हुन रविलाई थुनामुक्त गर्ने न्यायाधीश नीतिज राई >>   अब पुलिसले पक्रन नसक्नेगरी छुटे रवि लामिछाने ! >>   रवि लामिछानेले बुझाए ६५ लाखको बैंक ग्यारेन्टी
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा इराकको कुर्दिस्तान क्षेत्रीय सरकारका प्रधानमन्त्री मसरौर बरजानीलाई भेटेर सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् ।

टर्की राष्ट्रपति कार्यालयअनुसार बैठकले इराकको स्थिरता र सुरक्षा जोगाउन टर्कीको प्रतिवद्धतालाई जोड दिएका छन् । एर्दोगानले क्षेत्रमा थप अस्थिरता रोक्न टर्कीको प्रयासमा जोड दिए । सिरियाको भविष्य आतंकवादी संगठनहरू र उनीहरूका सम्बद्धहरूबाट मुक्त हुनुपर्छ भन्ने आफ्नो अडान व्यक्त गरेका छन् ।

एर्दोगानले यस क्षेत्रमा स्थिरता र समृद्धि बढाउन परियोजनाहरू कार्यान्वयन गर्ने आवश्यकतालाई पनि प्रकाश परेका छन् । टर्कीमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा गरिएको आतंकवादलाई सम्बोधन गर्ने उद्देश्यले क्षेत्रीय राजनीतिक दलहरू बीच जारी छलफलको बीचमा बरजानीको टर्कीको भ्रमण भएको हो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा तोकिएको पीकेकेले चार दशकदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?