Trending
>>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा >>   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह >>   इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी >>   शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल >>   शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ >>   यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका छन् ।

उनले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताए । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताए । उनले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको बताएका छन् ।

उनले भने , ‘हामी राजनीतिक दलका नेताहरु, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन । संघीय निजामति विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामति विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरु रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ । तर हामी प्रदेशहरुलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो । ’

महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिए भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?