Trending
>>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा >>   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह >>   इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी >>   शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल >>   शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ >>   यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छः निजी क्षेत्र


काठमाडौँ । सरकारले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न नीतिगत सुधार गर्नुपर्ने निजी क्षेत्रले माग गरेका छन् ।

सोमवार नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सरकारले निर्यात प्रवद्र्धनको लागि विद्यामान नीति नियमहरुलाई परिमार्जन गरी सहजिकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

निजी क्षेत्रका नेतृत्वले राज्य निर्यात प्रवद्र्धनको लागि अनुदान र सहुलियतमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । उनीहरुले सरकारले मुलुकको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनको लागि सरकारले ठोस कदम चल्नुको विकल्प नभएको बताए ।

उनीहरुले मुलुकको आर्थिक विकास र व्यापार घाटा कम गर्नको लागि निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

उनले देशको आर्थिक विकासका लागिका लागि निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनका विषयमा गम्भीर हुन आवश्यक रहेको उल्लेख गरे । उनले आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई बलियो बनाउन सक्नुपर्ने बताए । उनले निर्यातका लागि पनि सोहीअनुरुप नीति बनाउन र कार्यान्वयन गर्न जरुरी देखिएको बताए ।

उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखेका छन् ।

यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरेका छन् । अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देशअनुरुप लक्ष्य दिन र सो अनुरुपको मूल्याङ्कन गर्न समेत आग्रह गरेका छन् ।

उनले भने ,‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नीतिअनुरुप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्‍यो । निर्यातका लागि पनि सोहीअनुरुप नीति बनाउन र कार्यान्वयन गर्नुपर्छ । यसो गर्नसकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ । देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नसक्छौ । फाइनान्सियल हिसावले निर्यातलाई अनुदान दिने हो भने र सटेन हिसावमा दिने भनेको अनुदान प्रतिवद्धता समयमा दिनुपर्छ । सरकारको खर्च नगरी निजी क्षेत्रलाई गर्नसक्ने प्रोत्साहन गर्नुपर्छ । त्यस्तो विषयमा सरकारले कन्जुस्याँई गर्नु हुँदैन ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि नेपालले व्यापार घाटा कम गर्ने निर्यात प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले निर्यात प्रवद्र्धनको लागि सरकारले विद्यमान नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले चालु आर्थिक वर्षको पाँच महिनामा ७३.६५ विलियनको निकासी भएको देखिएको भन्दै गत वर्षको सोही अवधीमा ६३.२० मिलियनको वस्तु निकासी भएको बताए । उनले चालु आर्थिक वर्षको पाँच महिनामा १६.५ प्रतिशतले निर्यात वृद्धि भएको प्रचार गरिएको बताएका छन् ।

उनले निर्यात वृद्धि भारतमा सोयाविन तेल र पाम तेलको भन्सार वृद्धि हुँदा निकासी भएको भन्दै जसमा सोयाविन ८३७ बिलियन र पाम २.९७ विलियनको निर्यात भएको देखिए पनि यो निर्यात वृद्धि दिगो नहुने बताए । उनले उच्च भ्यालु एड हुने वस्तुको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

उनले भने ,‘नेपालले व्यापार घाटा कम गर्ने उपाय भनेको निर्यात प्रवद्र्धन हो । निर्यात प्रवद्र्धनको लागि सरकारले धेरै नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा ७३.६५ विलियनको निकासी भएको देखिन्छ । गत वर्षको सोही अवधिमा ६३.२० मिलियनको वस्तु निकासी भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा १६.५ प्रतिशतले निर्यात वृद्धि भएको प्रचार गरिएको छ । निर्यात वृद्धि भारतमा सोयाविन तेल र पाम तेलको भन्सार वृद्धि हुँदा निकासी भएको हो । सोयाविन ८३७ बिलियन र पाम २.९७ बिलियनको निर्यात भएको देखिन्छ । यो निर्यात वृद्धि दिगो देखिँदैन । उच्च भ्यालु एड हुने वस्तुको निर्यातमा केन्द्रित हुनुपर्ने हुन्छ । त्यसको लागि सरकारले निर्यात अनुदान बढाउनु पर्छ । ३० प्रतिशतसम्मको भ्यालु एडिसनमा ५ प्रतिशतको अनुदान दिनुपर्छ । ६० प्रतिशतसम्म भारतमा निर्यात हुन लागेको छ । तर पछिल्लो समय नेपाली वस्तु भारत निर्यातमा ठूलो समस्या छ ।’

उनले सरकारले निर्यात अनुदान बढाउनुपर्ने माग गरेका छन् । उनले ३० प्रतिशतसम्मको भ्यालु एडिसनमा ५ प्रतिशतको अनुदान दिन आवश्यक रहेको बताए । उनले ६० प्रतिशतसम्म भारतमा निर्यात हुने भएपनि पछिल्लो समय नेपाली वस्तु भारत निर्यातमा ठूलो समस्या रहेको भन्दै सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?