काठमाडौँ। चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् ।
मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार