Trending
>>   ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री >>   रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी >>   औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल >>   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा नेपालको एजेण्डा ‘कृषिजन्य वस्तुको निर्यातमा अवरोध हटाउने हुनुपर्छ’ >>   सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी >>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन >>   गाजा युद्धविराम छिट्टै हुनेमा ब्लिन्केन ‘विश्वस्त’ >>   जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा


काठमाडौँ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएका छन् । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएका छन् ।

डब्ल्यूएफपीले चेतावनी दिए , “परिस्थिति झन् खराब हुन सक्छ । सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन् ।”

प्रतिवेदनका अनुसार करिब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएका छन् ।

डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेका छन् । डिसेम्बर २०२४ मा, डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व–स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गरे ।

जनवरी सन् २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेका छन् । सन् २०२४ डिसेम्बर ११ मा, डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति सुरु गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?