Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पर्यटकीयस्थल भेडेटारमा चहलपहल


काठमाडौँ । पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।

भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवद्र्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवद्र्धनमा सहयोग पुर्‍याउने आयोजकले जनाएका छन् ।

स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार, हस्तकला, कृषि–औजार, घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनीमा राखिएको फेस्टिभल आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिएका छन् ।

उनले भने , “जाडो याम सुरु भएसँगै भेडेटार घुम्न आउने पर्यटकको सङ्ख्या घट्नेक्रम जारी छ, बजारलाई चलायमान बनाउन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी बर्सेनि यस किसिमको फेस्टिभल आयोजना गर्दै आएका छौँ, अहिलेसम्मको परिस्थितिलाई हेर्दा यस वर्ष पर्यटक सङ्ख्या वृद्धि हुने देखिएको छ ।”

फेस्टिभलका अवसरमा पर्यटकीयस्थलमा स्काइवाकको व्यवस्थासहित पाथीभारा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर र ‘होम स्टे’, सूर्योदय बौद्धपार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, ध्वजे डाँडालगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएका छन् ।

फेस्टिभलमा ५० हजार पर्यटकले अवलोकन गर्ने र रु तीन करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बूले बताए । महोत्सवमा धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढीलगायतका सहरबाट मानिस आउने आयोजकले जनाएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?