Trending
>>   विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री भट्टराई >>   स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन >>   सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन >>   पाँच महिनामा सात करोडभन्दा बढी राजस्व सङ्कलन >>   एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने >>   सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल >>   प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन >>   प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला >>   माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो
Logo
१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका बैठकमा उनले यस्तो सुझाव दिएका छन् । उनले नदीनाला सम्बन्धि परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने बताए ।

उनले जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने बताए । उनले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर गरे ।

उनले उर्जा हावाबाट पनि निकाल्न सकिने उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पानिको विकल्प नरहेको बताए । उनले पानीको लागि धनि छौं कि गरिब ? भन्ने बहस गर्नुभन्दा उपलब्ध जलस्रोतको सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने , ‘हाम्रो जलस्रोतको जुन चाहीँ स्थिति छ त्यो स्थितिलाई रणनीतिक रुपमा प्रयोग गर्नुपर्छ । र भण्डारण गरिने जलस्रोतको लागि बेग्लै ऐन बनाउनुपर्छ । बेग्लै ऐन नभइकन हुँदैन । नदीनालाहरुको प्रोजेक्ट र ड्याम बनाउनुपर्ने परियोजनाहरुमा जमिन अस्मानको फरक छ । त्यसकारण जलस्रोतको लागि मात्र भनेर एउटा ऐन बनाएर मात्र पुग्दैन । त्यसभित्र कस्तो नेचरको डेभलवमेण्ट हो । त्यसको बारेमा पनि हामीले ऐन बनाउनुपर्छ । जलस्रोतकै बाट बनेपनि अन्त बनेपनि आवश्यक छ । यदि त्यो नहुने हो भनेदेखि हाम्रो जलस्रोतको राम्रो उपयोग पनि हुन सक्दैन । त्यसबाट केही मुनाफा पनि लिन सकिँदैन । हामीले जस्तोसुकै उर्जाको कुरा गरेपनि एउटा कुरा के हो भने जलस्रोत भनेको नभई नहुने कुरा हो । उर्जा हावाबाट निकालेर पनि गर्न सकन्छि । तर उर्जा खाएर हिँड्न सकिँदैन । पानीको कुनै पनि हालतमा डिस्पेस्मेण्ट चाहियो । अहिलेसम्म त्यस्तो देखिएको छैन । पानीको विकल्प हामीसित छैन । हामी अरु देशभन्दा धनी छौं कि छैनौैं भन्ने कुराभन्दा पनि हामीसँग जति जे छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । पानी हाम्रो देशको स्रोत यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको विकल्प छैन ।’

समितिले मंगलवार जलस्रोत विधेयकका सम्बन्धमा विज्ञहरुसँग सुझाव लिएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?