काठमाडौं । प्रतिनिधिसभाको सचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले हर्कराज राईलाई नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त रहेको सो पदमा सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।
प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार