Trending
>>   स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन >>   सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन >>   पाँच महिनामा सात करोडभन्दा बढी राजस्व सङ्कलन >>   एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने >>   सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल >>   प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन >>   प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला >>   माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो >>   माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान
Logo
१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

कांग्रेसको उद्योग विभागमा दस सदस्य मनोनीत


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दस सदस्य मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दस जनालाई मङ्गलबार उनले मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुब खड्का (काठमाडौं), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) लाई मनोनयन गरेका हुन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?