Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन बिरामी


काठमाडौँ । कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। त्यस्तै तीन जना बिरामी परेका छन्।

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।

बयलास्थित तुलासिहं विकको घरमा ल्याएको कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो। मासु खाँदा विकको घरमा थप तीन जना बिरामी भएका छन्। बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ। के, कति कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?