Trending
>>   वसन्तपुरमा मनाइयो १२ औँ नेपाली टोपी दिवस >>   अष्ट्रेलिया २०२५ मा अझ बलियो बन्नेछः प्रधानमन्त्री >>   म्यानमारको कुल जनसंख्या ५ करोड १३ लाख १६ हजार ७५६ >>   उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा >>   अमेरिकाको नेतृत्वमा यमनको राजधानीमा हुथी सैन्य स्थलहरूलाई लक्षित हवाई आक्रमण >>   इजिप्ट २०२४/२०२५ को पहिलो त्रैमासिक जीडीपी वृद्धिदर ३.५ प्रतिशत >>   कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र >>   ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज >>   नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा जापानमा दुई जनाको मृत्यु >>   श्रीलङ्काको सरकारी वेबसाइटमा साइबर आक्रमण
Logo
१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित


काठमाडौँ । श्रीलंकाको लागि नेपाली आवासीय राजदुतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदुत र माल्दिभ्सको लागि गैरआवासीय राजदुतमा अनुमोदन गरेको हो । बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताएका छन् ।

सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदुत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुत पदमा प्रश्ताव गरी पठाएका थिए ।

समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेका छन् । समितिले राजदुतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएका छन्


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?