Trending
>>   पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा. यादव >>   नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो >>   दक्षिण कोरियाली निलम्बित राष्ट्रपतिबाट सोधपुछ गर्न पुनः अस्वीकार >>   रूस र युक्रेनबिचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु >>   पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य >>   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ >>   १२ महिनामा १२ रोगको सचेतना अभियान >>   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो >>   बारसँग मेरो कुनै विमति छैनः प्रधानन्यायाधीश राउत >>   भारतको वन, रुखको क्षेत्र ३ वर्षमा १ हजार ४४५ वर्ग किलोमिटरले बढ्यो
Logo
८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

सरकार ढल्नेकुरा काग कराए जस्तै होः सञ्चारमन्त्री


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गरेका छन् ।

आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गरेका छन् । उनले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताउदै उनले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी गरेका छन् ।

उनले भने, ‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गएपनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ । त्यसैले यो सरकार ढल्दैन । किनभने १६७ सिट त हुन्छ । तेस्रो, चौथो पार्टीलाई गुहारि राख्न परेन । सांसदहरुको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरुलाई फकाइराख्नु परेन । राष्ट्रिय संकट निवारणका लागि हामी दुइ वटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ, हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो । यो सरकार चलिरहन्छ ।’

मन्त्री गुरुङले अर्को निर्वाचनसम्मका लागि वर्तमान सरकार नै कायम रहने बताए ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?