Trending
>>   रविको हिरासतमा भित्रकाे तस्बिर सार्वजनिक गर्ने निकाेलासलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने ! >>   सिर्जनाकाे प्रयासबीच प्रेमकाे परिभाषा सिकाएर अस्ताए विवेक ! >>   संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम >>   पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न >>   दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन >>   अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु >>   ‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’ >>   मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ >>   टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर >>   बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यकः न्यायाधीश मल्ल


काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नको लागि स्पष्ट कानून आवश्यक रहेको बताएकी छिन् ।

बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले राज्यका प्रत्येक निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानूनसँगै राजनीतिक मनसाय हुनुपर्ने बताएकी छिन् ।

उनले महिला समावेशीताका लागि राजनीतिक मनशाय नभएकै कारण महिलाहरु स्थानीय तहहरुको उपमेयरमा सिमित हुनुपरेको बताईन् । उनले किन देशभर ७ जना मात्र महिला मेयर अनि २७६ जना उपमेयर छन् ? भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन् , ‘समावेशीताका लागि कानून चाहीँ चाहिने रहेछ । तर कानून भएर मात्र पनि हुँदैन । त्यो कानून कस्तो छ भन्ने कुरा पनि महत्वपूर्ण हुने रहेछ । कानून कार्यान्वयनको लागि राजनीतिक मनशाय पनि एकदमै महत्वपूर्ण हुने रहेछ । नत्र भने किन देशभर ७ जना मात्र मेयर छन् अनि २७६ जना उपमेयर छन् ? त्यसकारण स्पष्ट कानून चाहिन्छ । तर कानून भएर मात्र हुँदैन कानूनको व्याख्या गर्दाखेरि मनसाय कस्तो हुने भन्नेमा भर पर्दछ । किनभने जुनसुकै ठाउँमा पनि समावेशीतालाई डर र धम्कीका रुपमा हेरेको छ । समावेशीता भनेको बहिस्करणमा परेको असमावेशी भएको वर्गलाई केही समयको लागि विशेष व्यवस्था गर्नुपर्छ । संविधानले नै दलित र महिलाको समावेशिताको १० वर्षमा समिक्षा गर्ने कुरा कसैले पनि बिर्सनु हुँदैन ।’

उनले दलित र महिलाको समावेशिताको अधिकारको विषय प्रत्येक दश÷दश वर्षमा समिक्षा गर्नुपर्ने संवैधानिक व्यवस्था कसैले पनि बिर्सन नुहने बताईन् ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?