Trending
>>   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग >>   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन >>   स्वाट्टै घट्यो सुनको मूल्य ,आज कतिमा भईरहेकोछ कारोबार ? >>   पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु >>   कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक : मन्त्री अधिकारी >>   लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते >>   मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता >>   हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा >>   कांग्रेस-एमाले गठबन्धन अर्को निर्वाचनसम्म रहन्छ : प्रकाश शरण महत >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः तीन प्रदेशमा पानी पर्ने सम्भावना
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक : मन्त्री अधिकारी


काठमाडौँ । कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको कृषि तथा पशुपन्छी विकासका मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा मन्त्री अधिकारीले सरकारले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका छन् ।

मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ।”

उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए ।मुलुकको समग्र अवस्था र राजनीतिक स्थितिका बिच आर्थिक अवस्थाले धेरै हदसम्म सीमितता ल्याउनुक साथै इच्छा र आवश्यकतालाई पूरा गर्न केही समस्या आइरहेका उनले जानकारी दिएका छन्

अर्को वर्षको रणनीतिक र गन्तव्य तयार गर्दै केही जनाहरू बनाइरहेको छ। आगामी वर्षका रणनीतिक र गन्तव्य लागि प्रस्ताव गरिएका योजनाहरूको सम्बन्धमा कृषक र कृषिविद् विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुनाले कृषि मन्त्रालयले केहि नयाँ तयारी गरिरहेको मन्त्री अधिकारीले बताए।

उनले भने, “हामीले आगामी वर्षका लागि नयाँ रणनीति र योजनाहरू तयार गर्दैछौं र यसमा तपाईंहरूको सुझाव र योगदान आवश्यक छ। कृषिमा हुने समस्याहरूको समाधान गर्न र कृषि क्षेत्रमा प्रगति ल्याउनका लागि सबैको साथ र सहयोग आवश्यक छ।”

कृषिमा गर्ने सुधारका लागि दीर्घकालीन र व्यावहारिक उपायहरू अपनाउनुक साथै कृषिमा गरेको लगानी र सुधारको प्रक्रियामा सरकारले कृषकहरूलाई प्राथमिकता दिने करामा मन्त्री अधिकारीले पुष्टि गरे।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?