Trending
>>   घरघरको शोभा र औषधि तुलसी ! >>   किन यसैबेला काठमाडौं आए भारतीय सेना प्रमुख? >>   उपनिर्वाचनः तीन स्थानमा चुनावै नभइ निर्विरोध निर्वाचित ! >>   दुर्गा प्रसाईंसँगै पक्राउ परेका ९ जनालाई मुद्दा ! >>   कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य… >>   चौबिस घण्टाभित्र हवाईभाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन >>   सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना >>   ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ >>   करिब एक हजार ७ सय १७ किलो गाँजा सहित एक जना पक्राउ >>   चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा
Logo
५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य छौँ


अजरबैजान । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताउनु भएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गर्नु भएको हो । ‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ । कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइ अक्साइड उत्सर्जन गदर्छ,’ शाक्यले भन्नुभयो, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर, एशियाली मुलुकमा पनि मुख्य गरेर चाइना र भारत कोइला उत्पादनमा अग्रपङ्त्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’

उहाँले हरितगृह ग्यास उत्र्सजनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपाले रहेक वर्ष ठूलो क्षति व्यहोर्न बाध्य भएको पनि उहाँले उल्लेख गर्नुभयो । जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् । ‘हरितगृह ग्यास उत्र्सजका कारण नेपालमा रहेका २ हजार ३ सय २३ हिमताहरु मध्ये २० वटा हिमतालहरु उच्च जोखिममा रहेको तथ्यहरु बाहिर आएका छन्,’ उहाँले भन्नुभयो, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम वढ्दै जाने र अधिक मात्रामा हिउँहरु पग्लदै जाने क्रम नरोकिने हो भने हिमताहरुको संख्या वढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’

हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जन–धनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उहाँले संकेत गर्नुभयो । ‘नेपालले सुख्खा पहिरो, पहिरो, बेमौसमी बाढी, पानीको मुहान सुक्ने, अतिवृष्टि, अनावृष् िआदि प्रकृति प्रकोपसँग जुझ्दै आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसको हानी र नोक्सानीको क्षतिपूर्ति सम्वन्धित देशहरुबाट प्रभावित देशहरुले सहजरुपमा पाउनुपर्छ ।’

उहाँले कृषि क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइएका असरहरुका कारण हिमाली तथा पहाडी क्षेत्रमा बसाइसराइको क्रम वढ्दै गइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘त्यसले सामाजिक तथा आर्थिक रुपमा नकरात्मक असर पारेको छ,’ सांसद शाक्यले भन्नुभयो, ‘नेपालको संघीय, प्रदेश र स्थानी सरकारमा नविकरणी उर्जा प्रवद्र्धनका लागि नीति, रणनीति र कार्यक्रमहरु बनाई कार्यान्वयनको गैरहेको अवस्था छ ।’ शाक्यले केही वर्षयता नेपालको कोइला उत्पादनमा उतार–चढाव आएको पनि उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?