Trending
>>   आजको मौसम : यी तीन प्रदेशमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २९ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   एक सय ४६ करदाताको बैंक खाता रोक्का >>   जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह >>   ‘भिजिबिलिटी’ कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित >>   मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण >>   लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा लिखित जवाफ माग >>   युएईलाई हराउँदै नेपाल विश्वकपमा >>   करिब ३ सय ७ किलो गाँजा सहित कृषि फर्मका संचालक पक्राउ >>   सहकारी ठगी प्रकरणमा विवादमा तानिएका कांग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो बयान
Logo
२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन


काठमाडौँ । कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गरेका थिए ।

उक्त समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन आज बुझाएको हो । विद्युत विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरिएको समितिले जनाएको छ ।

कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको नखोलिएको विषयमा विस्तृत रुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्य–सचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?