Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सरकारलाई सांसदहरुको सुझावः राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ


काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारुढ काँग्रेस–एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथ अघि बढाउन छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद समेत रहेका समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनका लागि सरकारले छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय गौरवको आयोजना छनौटमा पनि गम्भिर हुन सरकारलाई सचेत गराएका छन् ।

सभापति शेर्पाले भने, ‘राष्ट्रिय गौरवको आयोजना भनेर छुट्टै कानून ल्याउन पर्छ होला नेपालमा । अब कानून एउटै छ खरिद प्रक्रियादेखि लिएर सबै टेण्डर प्रक्रियादेखि लिएर सबै कुरा एउटै छ कानून । तर नाम मात्रै दिइएको छ राष्ट्रिय गौरवको आयोजना । जानुपर्ने इआईएदेखि लिएर वन मन्त्रालयदेखि लिएर सबै प्रक्रिया त्यही छ । त्यसकारण राष्ट्रिय गौरवको आयोजनाको छुट्टै कानून ल्याउनुपर्छ भन्ने कुरामा हाम्रो समितिले पहिलेदेखि नै आवाज उठाउँदै आएको हो । हामीले सरकारलाई बारम्बार त्यही कुरा गर्दै आएका छौं । राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउनु पर्छ भनेर पनि समितिले भन्दै आएको छ । राष्टिय गौरवको आयोजना तोक्ने पनि एउटा मापदण्ड चाहियो ।’

सत्तारुढ नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणमा हतार नगर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

सांसद रोकायले भने, ‘विना मापदण्ड राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणा हतारमा गर्ने तर त्यसको औचित्य पनि पुष्टयाई नहुने र यसलाई समयमै सम्पन्न गर्नका लागि त्यो खालको स्रोत पनि सरकारले व्यवस्था नगर्ने अवस्था छ । यी आयोजनाहरुका स्रोतको मुख्य समस्या देखिएको छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले कम लागतमा बढी प्रतिफल आयोजनाहरुको छनौट गर्न सरकारसँग आग्रह गरेका छन् । उनले पर्याप्त बजेट नहुने राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सार्कीले भने, ‘मुख्य कुरा त हामीसँग बजेट नै पर्याप्त नहुने । मलाई लाग्छ– अर्थ मन्त्रालय र सबै प्रायः मन्त्रालयहरुको बीचमा बजेट बनाउने बेलामा ठूलो तनाव भएको मैले चाहीँ अनुभुति गरेको छु । मैले मन्त्रीजीहरुलाई सुझाव पनि दिएको थिए । हामीले विशेष गरेर राष्ट्रिय गौरवको आयोजनाले समय धेरै लिँदाखेरी लागत पनि बढिराखेको छ । र, प्रतिफल जे खोजिएको छ, त्यो पाईराखेको अवस्था छैन । हामी देश ऋणमा चलाईराखेका छौं । राष्ट्रिय गौरवको आयोजना एउटा, अर्को लागत कम र प्रतिफल छिटो दिने खालका आयोजनाहरुका हामीले बजेट केन्द्रित गर्न सक्यौ भने त्यसले रिजल्ट पनि दिदै जान्छ । राष्ट्र र जनताको उन्नति हुने कुरा पनि यो हो । यो कुरामा फोकस गरेर बजेट बनाउनु पर्दछ । देश र जनतालाई हेरेर प्रधानमन्त्री, मन्त्रीहरुले बजेट बनाउनु पर्दछ ।’

सांसद सार्कीले देश र जनताको हित हुने खालको आयोजनाहरुको कामलाई अघि बढाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?