Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सरकारलाई सांसदहरुको सुझावः राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौँ


काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारुढ काँग्रेस–एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथ अघि बढाउन छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद समेत रहेका समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनका लागि सरकारले छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय गौरवको आयोजना छनौटमा पनि गम्भिर हुन सरकारलाई सचेत गराएका छन् ।

सभापति शेर्पाले भने, ‘राष्ट्रिय गौरवको आयोजना भनेर छुट्टै कानून ल्याउन पर्छ होला नेपालमा । अब कानून एउटै छ खरिद प्रक्रियादेखि लिएर सबै टेण्डर प्रक्रियादेखि लिएर सबै कुरा एउटै छ कानून । तर नाम मात्रै दिइएको छ राष्ट्रिय गौरवको आयोजना । जानुपर्ने इआईएदेखि लिएर वन मन्त्रालयदेखि लिएर सबै प्रक्रिया त्यही छ । त्यसकारण राष्ट्रिय गौरवको आयोजनाको छुट्टै कानून ल्याउनुपर्छ भन्ने कुरामा हाम्रो समितिले पहिलेदेखि नै आवाज उठाउँदै आएको हो । हामीले सरकारलाई बारम्बार त्यही कुरा गर्दै आएका छौं । राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउनु पर्छ भनेर पनि समितिले भन्दै आएको छ । राष्टिय गौरवको आयोजना तोक्ने पनि एउटा मापदण्ड चाहियो ।’

सत्तारुढ नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणमा हतार नगर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

सांसद रोकायले भने, ‘विना मापदण्ड राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणा हतारमा गर्ने तर त्यसको औचित्य पनि पुष्टयाई नहुने र यसलाई समयमै सम्पन्न गर्नका लागि त्यो खालको स्रोत पनि सरकारले व्यवस्था नगर्ने अवस्था छ । यी आयोजनाहरुका स्रोतको मुख्य समस्या देखिएको छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले कम लागतमा बढी प्रतिफल आयोजनाहरुको छनौट गर्न सरकारसँग आग्रह गरेका छन् । उनले पर्याप्त बजेट नहुने राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सार्कीले भने, ‘मुख्य कुरा त हामीसँग बजेट नै पर्याप्त नहुने । मलाई लाग्छ– अर्थ मन्त्रालय र सबै प्रायः मन्त्रालयहरुको बीचमा बजेट बनाउने बेलामा ठूलो तनाव भएको मैले चाहीँ अनुभुति गरेको छु । मैले मन्त्रीजीहरुलाई सुझाव पनि दिएको थिए । हामीले विशेष गरेर राष्ट्रिय गौरवको आयोजनाले समय धेरै लिँदाखेरी लागत पनि बढिराखेको छ । र, प्रतिफल जे खोजिएको छ, त्यो पाईराखेको अवस्था छैन । हामी देश ऋणमा चलाईराखेका छौं । राष्ट्रिय गौरवको आयोजना एउटा, अर्को लागत कम र प्रतिफल छिटो दिने खालका आयोजनाहरुका हामीले बजेट केन्द्रित गर्न सक्यौ भने त्यसले रिजल्ट पनि दिदै जान्छ । राष्ट्र र जनताको उन्नति हुने कुरा पनि यो हो । यो कुरामा फोकस गरेर बजेट बनाउनु पर्दछ । देश र जनतालाई हेरेर प्रधानमन्त्री, मन्त्रीहरुले बजेट बनाउनु पर्दछ ।’

सांसद सार्कीले देश र जनताको हित हुने खालको आयोजनाहरुको कामलाई अघि बढाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?