Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सहकारी दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही हुन्छ: उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी वचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।

बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसक्नुभएको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही शुरु गर्ने बताए । उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्  ।

उनले भने, ‘अस्ति हाम्रो पाल्र्यामेण्ट बैठकमा विशेष छानविन समितिले रिपोर्ट पेश गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ । संसदीय समितिले रिपोर्ट दिइसकेको छ, संसदले सरकारलाई निर्देशन दिइसकेको छ, अब यसलाई अघि बढाउनु भनेर । काम गर्ने भनेको सरकारले गर्दछ । संसदले छानविन गरेर सुझाव दिएको छ । सरकारले अध्ययनका लागि विधि र प्रक्रिया पूरा गरी अघि बढाउँछ ।’

उपप्रधानमन्त्री सिंहले गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा  गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भुमिका गणेशमानले गर्नुभएको बताएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?