Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी घोषणा


काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताउनु भयो ।

उहाँले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताउनु भयो । राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिव ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?