Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप


नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाउनुभएको छ । सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले सो आरोप लगाउनुभएको हो । आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो । प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिनुभएको थियो । सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिनु भयो । सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक पटक दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्मानित प्रतिनिधि सभाको सभामुखज्यूले हिंसा शब्द प्रयोग गर्नुभएको छ । यो अत्यन्तै आपत्तिजनक कुरा हो । हिंसा शब्द प्रयोग किन गरिएको छ ? यो उहाँ एउटा एमालेको कार्यकर्ता हो कि देशको सम्मानित प्रतिनिधिसभाको समामुख हो ? हाम्रो प्रधानमन्त्रीज्युले एक पटक भन्नुहुन्थ्यो–बयलगाडा । बयलगाडा प्रवृत्तिबाट उब्जिएको यो भाष्यलाई जुन स्थापित गर्न खोजिदैछ । यो भोलि त्यही प्रतिनिधिसभाको जस्तै अवरोध सृजना राष्ट्रिय सभामा त गर्नुपर्ने होइन ? यो प्रश्नहरु तातातो रुपमा आएका छन् । हिँसा के लाई भन्ने ? माओवादी जनयुद्ध हिंसा थियो ? यदि हिंसा हो भने सरकारले वार्ता गर्छ ? हिंसासँग सरकारले वार्ता गर्ने, यूएनले वार्ता गर्ने, हिंसासँग पार्टीले वार्ता गर्ने हुन्छ ? हिँसो भनेको यस्ता चिज हो, जहाँ व्यक्तिको झडप हुन्छ । लडाई हुन्छ । त्यो निश्चित व्यक्तिको स्वार्थको निम्ति मात्रै । त्यो हो हिंसा । माओवादी हिंसा थिएन । माओवादी जनयुद्ध थियो, जसले सत्ता परिवर्तनका लागि, व्यवस्था परिवर्तनका लागि लडाई शुरु ग¥यो । त्यो केवल माओवादीले मात्रै लडेको थिए ।’


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?