Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप


नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाउनुभएको छ । सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले सो आरोप लगाउनुभएको हो । आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो । प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिनुभएको थियो । सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिनु भयो । सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक पटक दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्मानित प्रतिनिधि सभाको सभामुखज्यूले हिंसा शब्द प्रयोग गर्नुभएको छ । यो अत्यन्तै आपत्तिजनक कुरा हो । हिंसा शब्द प्रयोग किन गरिएको छ ? यो उहाँ एउटा एमालेको कार्यकर्ता हो कि देशको सम्मानित प्रतिनिधिसभाको समामुख हो ? हाम्रो प्रधानमन्त्रीज्युले एक पटक भन्नुहुन्थ्यो–बयलगाडा । बयलगाडा प्रवृत्तिबाट उब्जिएको यो भाष्यलाई जुन स्थापित गर्न खोजिदैछ । यो भोलि त्यही प्रतिनिधिसभाको जस्तै अवरोध सृजना राष्ट्रिय सभामा त गर्नुपर्ने होइन ? यो प्रश्नहरु तातातो रुपमा आएका छन् । हिँसा के लाई भन्ने ? माओवादी जनयुद्ध हिंसा थियो ? यदि हिंसा हो भने सरकारले वार्ता गर्छ ? हिंसासँग सरकारले वार्ता गर्ने, यूएनले वार्ता गर्ने, हिंसासँग पार्टीले वार्ता गर्ने हुन्छ ? हिँसो भनेको यस्ता चिज हो, जहाँ व्यक्तिको झडप हुन्छ । लडाई हुन्छ । त्यो निश्चित व्यक्तिको स्वार्थको निम्ति मात्रै । त्यो हो हिंसा । माओवादी हिंसा थिएन । माओवादी जनयुद्ध थियो, जसले सत्ता परिवर्तनका लागि, व्यवस्था परिवर्तनका लागि लडाई शुरु ग¥यो । त्यो केवल माओवादीले मात्रै लडेको थिए ।’


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?