Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने


काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा बोल्द उहाँले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो । उहाँले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनु भयो । उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो । संविधानले जनयुद्ध भनेर चिन्दैन । संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो । सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ । पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो । तर हामीले चिनेको संविधान हो । संविधानमा सशस्त्र युद्ध भनिएको छ । त्यसैले हामीले संविधानले चिनेको शब्द नै प्रयोग गरौँ । त्यसमा धेरै रस्साकस्सी गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन ।’ सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?