Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

श्वास फेर्न संघर्ष गर्दै प्यालेस्टिनी परिवार


प्यालेस्टिनी । मध्य गाजापट्टीको देइर अल–बालाहबाट विस्थापित प्यालेस्टिनीहरु जीवनयापनका लागि संघर्ष गरिरहेका छन् । बालबालिकाहरु आफ्नो भविष्य अन्धकारमा राखेर श्वास फेर्न संघर्षरत छन् । सेप्टेम्बर ३ मा, इजरायली सेनाले देर अल–बालाहमा अल–डोकी परिवारको घरमा आक्रमण गरेको थियो । हानानकी आमा शिमाको हत्या ग¥यो । उनकी कान्छी बहिनी र उनका बुबा गम्भीर रूपमा घाइते हुनुभयो । उनकी बहिनी मिस्कले इजरायली आक्रमणमा आफ्नो देब्रे खुट्टा गुमाइन् ।

बुबा गम्भीर चोटका साथ सघन हेरचाह इकाईमा हुनुहुन्छ । अहिले उनको परिवारलाई हातमुख जोड्नै समस्या परेको छ । उनीमात्रै होइन यस्ता परिवार यतिबेला गाजापट्टीमा प्रशस्तै छन् । उनीहरु खानेकुरा, बस्ने ठाउँ र स्वास्थ्योपचारबाट वञ्चित छन् । बालबालिकाहरु आफ्नो जीवन अन्धकारमा राख्न बाध्य छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको हमलाको विरुद्धमा बदला लिन गाजा पट्टीमा हमास विरुद्ध आक्रमण गरेको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?