Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सरकारलाई गलत देखाउन केही मान्छेहरु टाउको टेकेर हिँडिराखेका छन्ः प्रधानमन्त्री ओली


काठमाडौं।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरु टाउको टेकेर हिँडिरहेको टिप्पणी गरेका छन्  ।

टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको जिकिर गरेका छन्  ।

नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले  किसानको दुधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर टाउको टेकेर हिँड्नेहरुले उल्टो कुरा गरिरहेको बताएका छन् । किसान वक्यौता रकम तिर्नका लागि सरकारले दिएको ६० करोड रुपैयाँलाई पनि दुग्ध विकास संस्थानलाई ऋणको भारी बोकाइयो भनेर कलात्मक ढंगले बेइमानीपूर्ण समाचार दिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न नदिने काम भईरहेको बताए ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?