Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सरकारलाई गलत देखाउन केही मान्छेहरु टाउको टेकेर हिँडिराखेका छन्ः प्रधानमन्त्री ओली


काठमाडौं।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरु टाउको टेकेर हिँडिरहेको टिप्पणी गरेका छन्  ।

टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको जिकिर गरेका छन्  ।

नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले  किसानको दुधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर टाउको टेकेर हिँड्नेहरुले उल्टो कुरा गरिरहेको बताएका छन् । किसान वक्यौता रकम तिर्नका लागि सरकारले दिएको ६० करोड रुपैयाँलाई पनि दुग्ध विकास संस्थानलाई ऋणको भारी बोकाइयो भनेर कलात्मक ढंगले बेइमानीपूर्ण समाचार दिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न नदिने काम भईरहेको बताए ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?