Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छः मन्त्री सुडी


काठमाडौं।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताएका छन् ।

राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौंमा शनिवार सम्बोधन गर्दै उनले  बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताएका छन् । उनले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताए ।

मन्त्री सुडीले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको बताउदै बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताएका छन्। उनले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताए।

मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए । उनले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्दै यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?