Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन :प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताउदै उनले सरकारबाट दिने सेवाहरु उत्साहका साथ दिइने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताएका छन् । उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताउदै प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताएका छन् । उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भन्सुन गर्न जानु नपर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?