Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास होः प्रधानमन्त्री ओली


काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताएका छन्  ।

नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन्।  पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष भएको पनि बताए। । सरकारले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दाबी गर्दै उनले पूर्वाधार भौतिक संरचना मात्र नभइ अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको बताएका छन् । नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको पनि बताए ।

पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैँ तयार रहेको बताउदै  संघीयतासँगै पूर्वाधारको आवश्यकता बढेको बताएका छन् । तीनै तहका सरकारबीचको सहकार्य निकै बलियो भएको भन्दै आर्थिक समृद्धितर्फको साझा लक्ष्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारका पूर्वाधार आवश्यकतालाई सुव्यवस्थित बनाउन सकिने बताए । राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्तालाई ह्यान्डहोल्डिङ सेवा उपलब्ध गराउन सरकार सधैँ तत्पर रहेको बताएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?