Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास होः प्रधानमन्त्री ओली


काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताएका छन्  ।

नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन्।  पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष भएको पनि बताए। । सरकारले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दाबी गर्दै उनले पूर्वाधार भौतिक संरचना मात्र नभइ अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको बताएका छन् । नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको पनि बताए ।

पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैँ तयार रहेको बताउदै  संघीयतासँगै पूर्वाधारको आवश्यकता बढेको बताएका छन् । तीनै तहका सरकारबीचको सहकार्य निकै बलियो भएको भन्दै आर्थिक समृद्धितर्फको साझा लक्ष्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारका पूर्वाधार आवश्यकतालाई सुव्यवस्थित बनाउन सकिने बताए । राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्तालाई ह्यान्डहोल्डिङ सेवा उपलब्ध गराउन सरकार सधैँ तत्पर रहेको बताएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?