Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन्  ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडी बढाउने बताएका छन् । उनले नया संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु गरेको बताउदै  एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरुलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारेका छन्  ।

मन्त्री दाहाललेअब बन्ने पूर्वाधारहरु जलवायु अनुकुलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताउदै उनले पूर्वाधारहरु विपद् जोखिम न्युनिकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्वन गरी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्वन गर्न कडाइका साथ लागि परेको जानकारी गराएका छन्  । मन्त्री दहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरेका छन् ।

उनले पूर्वाधारहरु निर्माणमा मानविय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?