Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन्  ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडी बढाउने बताएका छन् । उनले नया संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु गरेको बताउदै  एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरुलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारेका छन्  ।

मन्त्री दाहाललेअब बन्ने पूर्वाधारहरु जलवायु अनुकुलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताउदै उनले पूर्वाधारहरु विपद् जोखिम न्युनिकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्वन गरी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्वन गर्न कडाइका साथ लागि परेको जानकारी गराएका छन्  । मन्त्री दहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरेका छन् ।

उनले पूर्वाधारहरु निर्माणमा मानविय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?