Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

 युरोपतिर भएको भए माओवादी आन्दोलनले नोबेल पुरस्कार पाउँथ्यो : अध्यक्ष दाहाल


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मुलधार माओवादी आन्दोलन भएको बताउदै  युरोपतिर भएको भए माओवादी आन्दोलनले नोबेल पुरस्कार पाउने विषय भएको बताएका छन् ।

बिहीवार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् । उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मुलधारमा आएको हो वा माओवादीले मुलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको बताए ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार माओवादी भएको बताउदै गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरणगरेका छन् । माओवादीको गणतन्त्रात्मक मुलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मुलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘यहाँ अघि भनियो, माओवादी आन्दोलन वा नेकपा माओवादी मुलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो । यो विषय धेरै ठूलो गम्भीर महत्वको छ । हामी मुलधारमा आयौँ की हामीले मुलधारा क्रिएट ग¥यौँ भन्ने विषय निकै ठूलो बहसको विषय हो । कुन मुलधार । संवैधानिक राजतन्त्रवालालाई मुलधार भनेको हो की गणतन्त्रको मुलधार ? गणतन्त्रको मुलधार त माओवादीका कारणले नै जन्मिएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधार । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी नै भएको हो । माओवादीको गणतन्त्रात्मक मुलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मुलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा निकै ठूलो छ । तपाईंहरुले बनाउने यो टेलिश्रृंखलाले यथार्थलाई उद्बोधन गर्नेछ ।’

अध्यक्ष दाहालले जनयुद्धको विषयलाई लिएर माओवादीले बनाएका चलचित्र र टेलिफिल्म जनतामा स्थापित हुन नसकेको बताए । उनले माओवादी नभएकाले बनाउन लागेको सो टेलिश्रृंखला जनताले हेर्ने विश्वास गर्दै उनले पृथ्वीनारायण शाहपछि आम नेपाली जनताको सबैभन्दा ठूलो उपस्थिति भएको आन्दोलन माओवादी आन्दोलन नै भएको जिकिरसमेत गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?