Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना हो :बाबुराम भट्टराई


काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन् ।

बिहीवार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताएका छन् । उनले सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएको बताउदै जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको बताएका छन् ।

उनले भने, ‘जनयुद्ध भनेको नेपाल राज्य बने यताको सबैभन्दा ठूलो परिघटना हो । नेपाली भुईं तहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसावले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए । कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो । त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ । समाजमा ठिक र बेठिकको लडाईं निकै चल्छ । तपाईंहरुले यसको मूल्यांकन गर्ने हो ।’

अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?