Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने


काठमाडौं। संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मीले आफू राजदुत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन्  ।

बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताउदै उनले द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताएका छन् ।

उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताउदै विगतमा भएका प्रतिवद्धताहरु नविकरणका लागि र द्विपक्षिय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गरे । रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्याउने बताउदै  अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताए । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उनको भनाई छ ।

उनले अमेरिकास्थित नेपाली राजदूताबासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिवद्धता व्यक्त गरे । दुतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताउदै उनले गैर आवासिय नेपालीहरुको हितमा खटेर काम गर्ने बताएका छन्  ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?