Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस्ः गृहमन्त्री


काठमाडौं। गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन् ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका छन् । उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको बताए । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ रहेको छ ।

गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको हो की ? जाने प्रक्रियालाई समात्ने हो की ? सरकारी पैसा गएको बारेमा अनुसन्धान गर्ने भन्नेकुरामा समिति स्पष्ट हुनुपर्ने बताउदै कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की ? समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘समितिले गरेको निर्णय सरकारले बोक्छ । समितिले मजाले छलफल गरोस् भन्ने नै मेरो आग्रह हो । पहिला निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा क्लियारिटी भयो भने भाषा लेख्न गाह्रो हुन्न । किनभने पहिला त प्रिन्सिपल सेट गर्नुपर्छ । प्रिन्सिपल सेट भइसकेपछि प्रिन्सिपलअनुसारको भाषा लेख्ने हो । भाषा लेख्नेकुरा कठिनाइ होइन । समितिले यो गर्ने हो भनेर सिद्धान्त दियो भने उहाँहरुले भाषा बनाउनु हुन्छ । निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिन्छ । तर अझै एउटा कुरा टुंगिन के बाँकी रहेको जस्तो लाग्छ भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ है भन्ने पनि विषय छ । सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? लोन गएको की ? अनुदान गएको हो की ? जाने प्रक्रियालाई समात्ने हो की ? सरकारी जुन पैसा गएको छ, त्यो हदसम्म हेर्ने हो की ? उसको आफ्नै पनि हेर्ने हो की ? कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की ? उसको सबै हेर्न पाउने ? भन्ने लगायतका विषय आइरहेका छन् । यो कुरामा समिति सिद्धान्ततः स्पष्ट होस् । निजीमा प्रवेश गर्दा कति प्रवेश गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ ।’

समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेश गर्न आग्रह गरेका छन्। उपसमितिमा हृदराम थानी, बुद्धिमान तामाङ, रघुजी पन्त, हितराज पाण्डे, अशोक राई, राजेन्द्र पाण्डे, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?