Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुन्छः पर्यटनमन्त्री पाण्डे


काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन्।

नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।

आईतवार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको बताउदै हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताएका छन्  ।

मन्त्री पाण्डेले भने, ‘गैरसैनिक हवाई ऐन त्यो पनि निकै पुरानो रहेको छ । र हामी हामी समसामयिक परिमार्जन गर्नेगरी मन्त्रालयले आफ्नो काम गरिरहेको अवस्था छ । सँगैमा अर्को ऐन पनि दुर्घटना हुन्छ । दुर्घटनापछि जाँचबुझका लागि समितिहरु बन्छन । त्यो समितिले कामहरु त गर्दछन् । तर त्यसको निरन्तरता, त्यसको अविछिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन । र जाँचबुझ हुने सन्दर्भमा प्रोफेसनालिज्म पनि रहँदैन भनेर अरु देशमा पनि भएको प्राक्टिस जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको आवश्यक्ता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट पनि बनाउने क्रममा छौँ हामी । त्यो पनि होमवर्क भइरहेको छ । म त्यो पनि जानकारी गराउन चाहन्छु । ’

मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरुलाई विमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्नेपनि बताएका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?