Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडाैं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलवार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदुत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए  । उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदैछ, उनीहरुसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदुत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदुत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिइ सिफारिस गर्न सरकारको ध्यानार्षकण गराउने ।’

उनले राजदुत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?