Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडाैं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलवार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदुत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए  । उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदैछ, उनीहरुसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदुत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदुत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिइ सिफारिस गर्न सरकारको ध्यानार्षकण गराउने ।’

उनले राजदुत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?