Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइनः राजेन्द्र लिङदेन


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताएका छन् । उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउनु भयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

उनले भने,‘एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरु कर तिर्न अप्ठ्यारो मान्छन् ? किन यहाँ मात्रै ति व्यापारीहरु विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन् । तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन । यहाँ मात्रै किन विवाद आउँछ ? अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरुले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरु रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरु भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन । यसलाई तपाईले पक्रेर र कुनै मञ्चमा ठूलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न । यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको, अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन् । र जनता विकल्प खोजिराखेका छन् भन्नेकुरालाई गम्भिरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस् । विगतका गलत क्रियाकलापहरु नदोहो¥याउनुस् ।’

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?