Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

स्वास्थ्य कुटनीतिका लागि मलाई राजदुतमा सिफारिस गरियोः जर्मनका लागि प्रश्तावित राजदुत रुपाखेती


काठमाडौं ।जर्मनका लागि प्रश्तावित राजदुत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताएका  छन्  ।

चिकित्सक समेत रहनुभएका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कुटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी गरेका छन्  । आईतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रश्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कुटनीतिलाई महत्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराएका छन्  । प्रश्तावित राजदुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कुटनीतिक प्रयासमा बढावा दिने योजना सुनाएका छन्  ।

उनले भने , ‘युएनले अहिले हेल्थ डेभलोमेसी चाहीँ सबभन्दा इम्पोटेन डिप्लोमेसीको रुपमा प्रादुर्भाव गरेको छ । र हेल्थ डिप्लोमेसीबाटै फरेन पोलिसी, दिगो विकासलगायतका पोलिसीहरु हेल्थ डिप्लोमेसीसँग रिलेटेड भएको हुनाले अब डाक्टरहरुलाई विभिन्न देशले राजदुतको रुपमा नियुक्त गर्ने कामलाई विभिन्न देशले बढावा दिनेछ भन्ने मलाइ लाग्दछ । हेल्थ डिप्लोमेसी कोभिड १९ पछि अझ बढी सशक्त रुपमा संसारभरी नै आएको कारणले गर्दा मलाई पनि हाम्रो सरकारले त्यसै अनुरुप राजदुतको रुपमा नियुक्त गरेको हुनुपर्छ । र जर्मनी विभिन्न सम्भावनाहरु भएको देश हो । जर्मनमा मेरो बुबा र मैले पनि भोलेन्टियर्स भएर पनि काम गरेको हुनाले जर्मनीले नेपाललाई जहिले पनि आत्मीय साथीको रुपमा लिन्छ । र कुनै बेला नेपालमा सबैभन्दा बढि पर्यटक नेपाल आउँथे । अहिले एयर सेफ्टीलगायतका कारणले त्यो संख्या घटेकाले त्यो लिष्टबाट नेपाललाई हटाउन मैले पहल गर्नका लागि कार्ययोजना पनि प्रश्तुत गरेको हँँु ।’

प्रस्तावित राजदुत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?