Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

स्वास्थ्य कुटनीतिका लागि मलाई राजदुतमा सिफारिस गरियोः जर्मनका लागि प्रश्तावित राजदुत रुपाखेती


काठमाडौं ।जर्मनका लागि प्रश्तावित राजदुत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कुटनीतिलाई जोड दिएको बताएका  छन्  ।

चिकित्सक समेत रहनुभएका उनले सरकारले कोभिड १९ पछि स्वास्थ्य कुटनीतिलाई महत्व दिएकाले आफूलाई पनि राजदुतको रुपमा सिफारिस गरेको हुनसक्ने दाबी गरेका छन्  । आईतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रश्तावित राजदुत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कुटनीतिलाई महत्वपूर्ण कुटनीतिको रुपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराएका छन्  । प्रश्तावित राजदुत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कुटनीतिक प्रयासमा बढावा दिने योजना सुनाएका छन्  ।

उनले भने , ‘युएनले अहिले हेल्थ डेभलोमेसी चाहीँ सबभन्दा इम्पोटेन डिप्लोमेसीको रुपमा प्रादुर्भाव गरेको छ । र हेल्थ डिप्लोमेसीबाटै फरेन पोलिसी, दिगो विकासलगायतका पोलिसीहरु हेल्थ डिप्लोमेसीसँग रिलेटेड भएको हुनाले अब डाक्टरहरुलाई विभिन्न देशले राजदुतको रुपमा नियुक्त गर्ने कामलाई विभिन्न देशले बढावा दिनेछ भन्ने मलाइ लाग्दछ । हेल्थ डिप्लोमेसी कोभिड १९ पछि अझ बढी सशक्त रुपमा संसारभरी नै आएको कारणले गर्दा मलाई पनि हाम्रो सरकारले त्यसै अनुरुप राजदुतको रुपमा नियुक्त गरेको हुनुपर्छ । र जर्मनी विभिन्न सम्भावनाहरु भएको देश हो । जर्मनमा मेरो बुबा र मैले पनि भोलेन्टियर्स भएर पनि काम गरेको हुनाले जर्मनीले नेपाललाई जहिले पनि आत्मीय साथीको रुपमा लिन्छ । र कुनै बेला नेपालमा सबैभन्दा बढि पर्यटक नेपाल आउँथे । अहिले एयर सेफ्टीलगायतका कारणले त्यो संख्या घटेकाले त्यो लिष्टबाट नेपाललाई हटाउन मैले पहल गर्नका लागि कार्ययोजना पनि प्रश्तुत गरेको हँँु ।’

प्रस्तावित राजदुत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रुपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?