Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन


काठमाडौ। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका छन् । आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी संवद्ध पक्षले परिणाममुखि काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो ।

उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले संवद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पार्दै सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफनो जिम्मेवारी पूरा गर्नुपर्ने बताउदै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाईन्ट रुपमा काम गर्नुपर्ने पनि बताएका छन् ।

संवद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्युनिकरणमा कमी ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि उनले स्मरण गराएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?