Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन


काठमाडौ। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका छन् । आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी संवद्ध पक्षले परिणाममुखि काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो ।

उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले संवद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पार्दै सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफनो जिम्मेवारी पूरा गर्नुपर्ने बताउदै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाईन्ट रुपमा काम गर्नुपर्ने पनि बताएका छन् ।

संवद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्युनिकरणमा कमी ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि उनले स्मरण गराएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?