Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सिके राउत सचिवालको पोष्ट प्रति नेका मधेश प्रदेश विभागीय प्रमुख गुप्ताको आपत्ती


जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभाग प्रमुख नितेशकुमार गुप्ताले डा. सिके राउतको सचिवालयले समाजिक संजालमा जारी गरेको पोष्ट प्रति आपत्ती प्रकट गरेका छन् ।

मधेश प्रदेश सरकारमा ठूलो मन्त्रीमण्डल विस्तार पछि भईरहेको विवाद पछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा समाजिक संजालमा “यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन” भने शिर्षकमा गरिएको पोष्ट प्रति नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभागको गम्भीर ध्यानाकर्षण भई त्यस्ता भ्रामक पोष्ट प्रति गम्भीर रुपमा आपत्ती विभाग प्रमुख गुप्ताले जनाएका हुन् ।

मधेश सरकारमा कति जना मन्त्री राख्न सकिन्छ त्यसको एउटा मापदण्ड होला ? तर जनमतले आफनो नेतृत्वमा सरकार टिकाउनका लागि यत्रो ठूलो मन्त्रीमण्डल विस्तर गरेपछि चौतफी रुपमा विरोध सुरु भएपछि गठबन्धनमा सहभागी नेपाली काँग्रेस सहित दुई ठूला दल माथि दोषारोपण गर्नु जनमतका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा यस्ता भ्रामक सन्देश समाजिक संजालमा पोष्ट गरिनु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष गुप्ताले ठहर गरे ।

नेपाली काँग्रेस सूचना संचार विभाग प्रमुख गुप्ताले समाजिक संजालमा यसरी दुई ठूला दलमाथि दोषारोपण गरेर सिके राउतको सचिवालले के सावित गर्न खोजिएको हो ? उनले प्रश्न गरे । मधेशको विकास सहित समग्र हितका लागि नेपाली काँग्रेस कुनैपनि स्वार्थमा नलागि निरन्तर रुपमा अघि बढिरहेको समेत स्पष्ट पारे ।


प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?