मुग्लिङ । पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पहिरो पन्छाएर सुचारु रूपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको बताए ।
सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनले बताए ।
प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार