Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

विधि र प्रक्रिया पूरा गरेर समयकाे मागअनुसार संविधान संशाेधनः उपप्रधान मन्त्री सिंह


काठमाडाैं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पूरा गरेर समयकाे मागअनुसार संविधान संशाेधन हुन सक्ने बताउनुभएकाे छ । आज ललितपुरमा किरात राई यायाेक्खा ३७ ओै स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । उहाँले संविधान बनाएर मात्र नहुने भन्दै संविधानकाे कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जाेड दिनुभएकाे छ।

`हामीले संविधानसभाबाट जनताले चुनेका प्रतिनिधिबाट संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्याै । अब संविधानकाे कार्यान्वयनमा ध्यान दिन जरूरी छ ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । उहाँले समयकाे माग र जनचाहना बमोजिम संविधानकाे संशाेधन गर्न सकिने व्यवस्था संविधानले नै गरेकाे भन्दै त्यसका लागि निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने भन्दै संविधानकाे मर्म पनि बुझ्नुपर्ने बताउनुभयाे । समाजमा रहेकाे द्वन्द मेटिने र सबैकाे पहिचान भेटिने अवस्था बनाउनुपर्नेमा सबैकाे ध्यान जानुपर्नेमा उहाँले जाेड दिनुभयाे ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?