चितवन। ‘मोर्निङ्ग वाक’ को क्रममा नारायणी नदी किनारमा हिँडिरहेका भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ बाघको आक्रमणबाट घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जनाइएको छ।
प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार