Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पलङभित्र लुकाएको ५० किलोग्राम गाँजासहित एक महिला पक्राउ


पर्सा । पर्सामा ५० किलोग्राम लागु औषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । “पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भने ।

यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजकअनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डमा ना७ख १६३१ नम्बरको ट्रकमा बिलविजकअनुसार नभएको सामान पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?