Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या हुदा पुनः काठमाडौँ अवतरण


काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो ।

पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनः काठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए । कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?