Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं । टिपरको ठक्करबाट आइतबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बा प ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जीव थापा मगर घाइते छन्। उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरेको कार्कीले बताए।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?