Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सिमलताल पहिरो : त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय विशेषज्ञ फिर्ता


काठमाडौँ । सिमलाताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे पनि बस र यात्रु फेला परेनन् ।

भारतबाट आएका ४ जना गोताखोरसहित १२ जना विशेषज्ञले भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् । उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?