Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

२/४ सिटेलाई बोक्दा नेपालले प्रगति गर्न सकेन भनेर कांग्रेस र एमाले मिलेका हाैँः शेखर कोइराला


भारत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने बातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफुमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संबिधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखी आफुले उठाएको बताए । हरेक ६/६ महिनामा भैरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो ।

कोइरालाले भने-“केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने बिषयलाई उठाएको हुँ ।”

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए । “कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्छ” – कोइरालाले भने ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता बिरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए ।

“भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु”- कोइरालाले भने


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?