गोरखा । गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्।
पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन गरेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार