Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

जनसङ्ख्याका आधारमा संसदमा प्रतिनिधित्व हुनुपर्छ : उपेन्द्र यादव


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन् ।

यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम गर्नुपर्नेमा ५३ प्रतिशत जनसङ्ख्या रहेको तराई मधेसमा त्यसका आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गरे ।

देशमा रहेका मिथिला, किरात, खस र काठमाडौँका रहेको नेवार सम्भयता मिलेर बनेकाले ती सबै सभ्यतालाई बराबरीका दृष्टिकोणबाट हेरिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संविधान संशोधनमार्फत तराई मधेसका जनताले उठाउँदै आएको विषयवस्तु सम्बोधन गरिनुपर्छ भने ।

जसपाद्वारा आयोजित ‘संविधान संशोधनको सवल’ विषयक अन्तक्र्रियामा अध्यक्ष यादवले सङ्घीयता र सङ्घीय शासन प्रणालीलाई सफलता बनाउन संवैधानिक सर्वोच्चता, मूलभूत विषयमा कठोर भएको लिखित संविधान र स्वतन्त्र न्यायालयको आवश्यकता पर्ने बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?