Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा


१० चैत्र ,सुन्दरहरैचा । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरेका थिए । दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

श्रेष्ठ सागर थापाको ठाउँमा मैदानमा प्रवेश गरेका थिए । पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेको थिएन । पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

खेलको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले रु २५ हजार पुरस्कार हात पारे । यही चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोली सहभागी छन् । विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए ।

तत्कालीन राजा महेन्द्र शाहको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकप सुरू भएको हो । विसं २०५७ देखि सो प्रतियोगिता विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ । आज नेपाल आर्मी फुटवल क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?